आजको पञ्चाङ्ग एवम् राशिफल (१६ फागुन २०७५ विहीबार, २७ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ फागुन २०७५ विहीबार, २७ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत नामक सम्बत्सर शिशिर ऋतु वि.सं. २०७५ फाल्गुन १६ गते तद्अनुसार सन् २०१९ फेब्रुअरी २८ तारिख विहीबार फाल्गुन कृष्णपक्ष नवमी तिथि १०ः३६ पर दशमी तिथि मूल नक्षत्र वज्र योग १३ः५० पर सिद्ध योग वणि करणआनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा भयो र सूर्यास्त साँझ १८ः०२ मा हुनेछ । शुभ समय अभिजीत ११ः५४ देखि १२ः४० अशुभ समय राहुकाल १३ः४३ देखि १५ः१० दिशा शूल– दक्षिण ।

आजको राशिफल :

मेष राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्वमा बढोत्तरी होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । सांझेदारीसित सम्बन्धि काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । परिवारजनसित मिलेर पिकनिक पार्टी आदि जाने दिन छ । यात्रामा सफलता प्राप्त होला । धर्मकर्ममा आकर्षण वढ्नेछ । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृष राशि – शारीरिक र आर्थिक जोखिमपूर्ण कार्यप्रति सचेत रहनु उचित होला । आरोग्यताप्रति ध्यान राख्नुपर्नेछ । आर्थिक कार्यमा सचेत रहनुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । चोटपटकप्रति सतर्क रहनु पर्नेछ ।

मिथुन राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्ला । प्रेम रस बढ्नेछ । प्रेम पात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिको साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत् बढ्नेछ । गीत–संगीतमा आकर्षण बद्नेछ ।

कर्कट राशि – आरोग्यता बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । भागदौड व्यस्तता रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र जोखिममा पर्नु उचित हुने छैन । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।

सिंह राशि – प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख–शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि – समस्याको समाधान मिल्नेछ । खर्च भ्रमण बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । आर्थिक पक्ष सबल बन्नुको साथै मान सम्मान वृद्धि होला । सभा–समारोहमा भाग लिनु हुनेछ । यश बर्चश्व र गौरव बढ्ला । सुख सम्पति वृद्धि होला । आफन्तबाट सहयोग प्राप्त होला । घरपरिवारको वातावरण अनुकुल होला ।

तुला राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार हुनेछ । सुख सम्पदा बढ्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन मिल्नुको साथै आनन्द बढ्नेछ । मनोकूलको काम बन्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह सुख ऐश्वर्य बढ्नेछ ।

वृश्चिक राशि – चन्द्रमा दोस्रो स्थानमा भ्रमणशील छ । असन्तुष्टिमा नपर्नु उचित होला । वार्तामा सफलता प्राप्त होला । धन सम्पत्ति बढ्नेछ । भागदौड व्यस्तता पनि बढ्नेछ । सभासमारोहमा मान पुरस्कार प्राप्त होला । हांसविलासमा रुचि बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु राशि – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

मकर राशि – ऋण रोग र शत्रुलाई उपेक्षा नगर्नु उचित होला । आफन्तको साथ मिल्नेछ । कर्मयोगी रहनुहुनेछ । कार्य क्षेत्रमा सफलता हाथ पार्नुहुनेछ । नयाँ दायित्व भेट्नेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्व बढ्ला । रोकिएको कार्य पनि बन्नेछ । योजना र बजेट बनाई काम गर्नु बेस रहला ।

कुम्भ राशि – चन्द्रमा लाभ स्थानमा भ्रमणशील रहेको छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसंगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ ।

मीन राशि – सुख आनन्द बढ्ला । मान महता बढ्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । धन सम्पत्ति बढ्नेछ । यश ख्याति फैलिनुको साथै सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत रहनु उचित हुनेछ । हाकिमको साथ मिल्ला । राजकाजमा सफलता मिल्नेछ । यशवर्चश्व बढ्ला ।