आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०७५ शुक्रबार, १ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०७५ शुक्रबार, १ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ फाल्गुन १७ गते शुक्रबार तद्अनुसार सन् २०१९ मार्च १ तारिख फाल्गुन कृष्णपक्ष तिथि ११ः२९ पर एकादशी तिथि पूर्वाषाढा नक्षत्र सिद्ध योग १३ः२७ पर व्यतिपात योग बब करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा । काठमाडौंमा सूर्योदय विहान ६ः३१ मा भयो र सूर्यास्त साँझ १८ः०३ मा हुनेछ । शुभ समय अभिजीत ११ः५३ देखि १२ः४०, अशुभ समय राहु काल– १०ः५० देखि १२ः१६, दिशा शूल–पश्चिम ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । राजकीय कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनु हुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ नयाँ संकेत देखापर्ला ।

बृष राशि – भागदौड भैरहला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । हासविलासमा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन तथापि आफन्तको सहयोग मिल्नेछ ।

मिथुन राशि – शुभ र भाग्यवर्द्धक कार्यमा मध्यम फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । धन सम्पत्ति र कार्य–व्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै आय वृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखा परेर आशा–उत्साह बढ्नेछ, तर लापर्वाही नगरी काम गर्नु उचित होला । रसरागमा पनि आकर्षण बढ्ला ।

कर्कट राशि – चन्द्रमा राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र शारीरिक र आर्थिक जोखिममा नपर्नु हितकर रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । बोली र व्यवहारमा नियन्त्रण राख्नुपर्नेछ । बाटोघाटो काट्दा र सवारी साधन चलाउँदा ध्यान राख्नुपर्नेछ ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । धर्मकर्ममा रुचि बढ्नेछ ।

कन्या राशि – बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेम पात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । सुख–समृद्धि बढ्ला । कला, साहित्य, गीत–संगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । ऐनकानूनलाई उपेक्षा नगर्नु उचित हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला । सबारी साधन चलाउँदा ध्यान राख्नुपर्नेछ ।

तुला राशि – यात्रा होला । भागदौड बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । हासविलास रुचि बढ्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बल–विवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

वृश्चिक राशि – चन्द्रमा राशिदेखि बाह्रौँ स्थानमा भ्रमणशील रहनेछ । भागदौड भैरहनेछ तथापि यस अवधिभित्र कुनै प्रकारको विकासको रोकिएको काम बन्नेछ । कार्यमा सफलता मिल्नेछ । यात्रापरक कार्य बन्ला । हाकिमको साथ मिल्ला । विजयको सम्भावना देखापर्ला । खर्च पनि बढ्नेछ । साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । हासविलासमा रुचि बढ्ला ।

धनु राशि – मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । धर्म कर्मसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर राशि – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । विवाद आदिमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कुम्भ राशि – कार्यमा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्नेछ । आशा उत्साह बढ्ला । भागदौड लागिरहला । इष्टमित्रको सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत संगीतमा आकर्षण बढ्नेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । भोगविलासप्रति रुचि बढ्ला । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु शुभ होला ।

मीन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण आउनेछ । आयस्रोत बढ्ला । स्वाथ्यमा सुधार होला । विजयश्री मिल्नेछ । हुन त रोकिएको काम बन्ने र उधारो लगाइएको धन उठ्नेछ ।