अन्तर्राष्ट्रिय तेक्वान्दोको च्याम्पियनसिपमा मेलिसा

अन्तर्राष्ट्रिय तेक्वान्दोको च्याम्पियनसिपमा मेलिसा


दशौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छिन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् ।

मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले महिला एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मेलिसा उक्त प्रतियोगिताको सातौँ र नवौँ संस्करणकी स्वर्ण विजेता हुन् । त्यसबेला मेलिसाले ग्योरोगीको ४५ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् ।

प्रशिक्षकमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक प्रशिक्षक मनोज खड्गी छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए ।