- रेजिना गौतम, झापा
घरेलु मैदान डोमालाल रंगशालामा भोलि (शनिबार)देखि शुरु हुने झापा गोल्डकप चौथो संस्करणको उद्घाटन खेल अत्यन्त प्रतिष्पर्धी र रोमाञ्चिक हुने भएको छ ।
उद्घाटन खेलका प्रतिष्पर्धी झापा–११ र सहारा क्लव पोखरा बीच प्रतिष्पर्धा हुने निश्चित भएसंगै दुवै टिमले उपाधि जित्ने लक्ष्य रहेको बताएसंगै खेल रोमाञ्चक हुने आशा गरिएको छ ।
गोल्डको उद्घाटन खेलमा प्रतिष्पर्धी दुवै टिमका टिम क्याप्टेन र कोचले आज आयोजित पत्रकार भेटघाटमा संयुक्त रुपमा उपाधीको दावेदारी प्रस्तुत गरेका हुन् ।
घरेलु मैदानमा दर्शकको साथ र झापाबासीको विश्वास जित्नु झापा–११ का खेलाडीको अवसरलाई नचुकाउने क्याप्टेन कर्ण लिम्बूले बताउनु भयो । त्यस्तै क्याम्पटेन प्रवेश कट्वालले यो सिजनका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा–११ ले झापा गोल्डकपको चौथो संस्करणमा पनि राम्रो प्रदर्शन गर्ने बताउनु भयो ।
त्यस्तै सहारा क्लवका टिम क्याप्टेन मनबहादुर तामाङले क्लबमा सबै खेलाडी २५ वर्ष मुनिका रहेकोले उपाधीका लागि युवा शक्तिलाई भरपुर उपयोग गर्ने बताउनु भयो ।
त्यसैगरी कोच प्रल्हाद हिराचनले घरेलु मैदानमा घरेलु टिमसंग प्रतिष्पर्धा गर्दा दर्शकको सपोर्ट घरेलु टिमलाई हुने भएपनि आफूहरु मेहनतका साथ खेल्ने तयारीमा रहेको बताउनु भयो ।
प्रतिष्पर्धी दुवैले विदेशी खेलाडीसहित टिम प्रस्तुत गरेका छन् ।
भोली देखि सुरु हुने झापा गोल्डकप चौथो संस्करण फागुन २८ गते सम्पन्न हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको उपाधी विजेताले नगद १२ लाख ५० हजार ट्रफि र मेडल प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणसम्म रमपमले स्पोन्सर गर्दै आएको झापा गोल्डकपको यो वर्ष मुख्य प्रायोजकका रुपमा झापाकै उत्पादन मनषा थाइ फुड्सको मगमग तयारी चाउचाउ रहेको छ ।
प्रतिक्रिया