- अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फागुन १९ गते तद्अनुसार सन्् २०१९ फेब्रुअरी ३ तारिख आइतबार, फाल्गुण कृष्णपक्ष द्वादशी तिथि १४ः३८ पर त्रयोदशी तिथि उत्तराषाढा नक्षत्र १०ः१० पर श्रवण नक्षत्र वरियाण योग १३ः४१ पर परिघ योग गर करण आनन्दादिमा मुशल योग चन्द्रमा मकर राशिमा । काठमाडौंमा सूर्योदय विहान ६ः२९ मा भयो र सूर्यास्त साँझ १८ः०४ मा हुनेछ । प्रदोषव्रत । त्रिपुष्कर योग विहान १०ः१० बजेसम्म रहला । शुभ योग अभिजित ११ः५३ देखि १२ः३९, अशुभ योग राहुकाल १६ः३८ देखि १८ः०५, दिशा शूल– पश्चिम ।
आजको राशिफल :
मेष राशि – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख–शान्तिमा वृद्धि हुनेछ । विलासमा पनि आकर्षण बढ्ला । राजकाजमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला ।
बृष राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । परहितमा रूचि बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।
मिथुन राशि – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । ऐनकानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । व्यापारमा सफलता मिल्नेछ तर लापर्वाही नहोस् भनेर सचेत रहनुपर्नेछ । सुखको वस्तु नगुमोस् भनेर सचेत रहनुपर्नेछ ।
कर्कट राशि – कर्मयोगी रहनुहुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आरोग्यता वृद्धि होला ।
सिंह राशि – यात्रा होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।
कन्या राशि – प्रेम पथमा सफलता मिल्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
तुला राशि – समस्याको समाधान मिल्नेछ । सुख–समृद्धिमा वृद्धि हुनेछ । मान पुरस्कार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । जीवनसाथीको सहयोग मिल्नेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक राशि – यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्ला ।
धनु राशि – बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीत–संगीतमा आकर्षण बढ्नेछ । सन्तति सुख बढ्नेछ ।
मकर राशि – भागदौड भैरहला । मनोकुलको काम बन्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । उन्नति–पदोन्नति होला । सुख शान्ति बढ्नेछ । हासविलासमा रुचि बढ्ला । मान सम्मान प्राप्त होला । पारिवारिक क्षेत्रमा शुभता बढ्ला । आफन्तबाट साथ मिल्नेछ । रोकिएको काम बन्नेछ ।
कुम्भ राशि – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हासविलासमा आकर्षण रहला । आशा उत्साहमा वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।
साताको राशिफल पनि हेर्नुहोस्–
साताको राशिफल (१८-२४ फागुन २०७५, सन् २०१९ मार्च २-८)
https://ghatanarabichar.com/139907
प्रतिक्रिया