विप्लव नेतृत्वको नेकपाका सत्र कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वको नेकपाका सत्र कार्यकर्ता पक्राउ


प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई शनिबार राति सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारमा एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बताइएअनुसार पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि सिन्धुपाल्चोक जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको छ ।

पक्राउ पर्नेमा १३ पुरुष र चार महिला छन् । उनीहरुको साथबाट सैन्य तालिम गराउने दस्तावेज, चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धको पर्चा पम्पलेटलगायत कागजात बरामद गरिएको प्रहरीको भनाई छ । जिल्लाका व्यवसायी, क्रसर उद्योग, कर्मचारी, शिक्षकलगायतबाट चन्दा असुली गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।