लालीगुराँस कप फुटबल सुरु

लालीगुराँस कप फुटबल सुरु


लालीगुराँस कप दोस्रो अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता फागुन २१ गते मंगलबारदेखि शुरु भएको छ । ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेलमैदानमा हुने छात्र नाइन ए साइड फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल उमेश बादे श्रेष्ठले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

शिक्षा र खेलकुदसँगै भन्ने उद्देश्यका साथ सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा सञ्चालन गरिने स्कुलका निर्देशक हरि रेग्मीले बताए ।

फागुन २५ गतेसम्म सञ्चालन हुने ५ दिने प्रतियोगिताको विजेता र अनुशासित टिमले सिल्ड, मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगदसहित पुरस्कृत गरिने सहायक प्रिन्सिपल सुजिना श्रेष्ठले जानकारी गराइन् ।