हङकङमा मेलिसालाई तेस्रो स्वर्ण

हङकङमा मेलिसालाई तेस्रो स्वर्ण


नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी छिन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन् ।

मेलिसाले क्वार्टरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

हङकङमै भएको यसै प्रतियोगिताको सातौँ र नवौँ संस्करणमा पनि मेलिसाले नेपाललाई स्वर्ण दिलाएकी थिइन् । ती संस्करणमा मेलिसाले ग्योरोगीतर्फ ४५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । आठौँ संस्करणमा भने मेलिसाले सहभागिता जनाइनन् ।