चौधरीलाई जन्मकैद फैसला भएपछि राजपा क्रुद्ध

चौधरीलाई जन्मकैद फैसला भएपछि राजपा क्रुद्ध


रेशमलाल चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपाका शीर्ष नेता राजेन्द्र महतोले आन्दोलनको आँधीबेरी ल्याउने धम्की दिएका छन् ।

फैसला सार्वजनिक भएलगत्तै महतोले शोषणमा परेको उत्पीडित थारु जातिको अधिकारको लडाइँ लडेको व्यक्तिलाई नियोजित तवरले फसाइएको आरोप लगाउँदै रेशम चौधरीलाई जन्मकैद हुने हो भने प्रचण्ड, ओली र देउवाहरु पनि जेल जानुपर्ने तर्क गरे ।

फैसलाबाट राजपाका नेताहरू क्रुद्ध बनेका छन् भने राजपाको केन्द्रिय कार्यालयमा सो पार्टीको अध्यक्ष मण्डलका सदस्यहरूको आकस्मिक बैठक बसिरहेको छ । बैठकले चौधरीको अदालती फैसलाविरुद्ध आन्दोलन घोषणा गर्ने सम्भावना रहेको बताइन्छ ।