राजपाद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्ता

राजपाद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्ता


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कैलाली घटनाका मूख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीद्वारा जन्मकैदको फैसला सुनाएलगत्तै बुधबार दिउँसो बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा जनाइएअनुसार कैलाली जिल्ला अदालतको फैसलाबाट राजपा स्तब्ध र मर्माहत भएको छ । सो पार्टीका नेताहरुले फैसलाविरुद्ध आन्दोलन गर्ने समेत जनाएका छन् ।