सर्वोच्चद्वारा सीके राउतको रिहाई

सर्वोच्चद्वारा सीके राउतको रिहाई


कैलाली घटनाका अभियुक्तहरुलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको भोलिपल्ट सर्वोच्च अदालतले स्वतन्त्र मधेस गठवन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

जिल्ला अदालत रौतहले गत मंसिर २० गते राउतलाई राज्य विरुद्धको सांगठनिक अपराधअन्तर्गतको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको थियो । तर उक्त आदेश उल्ट्याउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले राउतलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।