समृद्धि कप फुटसलको उपाधि निष्टलाई

समृद्धि कप फुटसलको उपाधि निष्टलाई


निष्ट कलेजले प्रथम समृद्धि कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा लैनचौरको (नेसनल स्कुल अफ साइन्स) निष्टले कीर्तिपुरको पुष्पसदन कलेजलाई टाइब्रेकरमा ३–२ को गोल अन्तर हराउँदै उपाधि जितेको हो ।

निष्टको जितमा साङदुप लामा धिसिङ, मनीष पाण्डे र सिराज चौलागाईंले गोल गरेका थिए । पुष्प सदनको तर्फबाट प्रवेश मल्ल ठकुरी र प्रजेश श्रेष्ठ गोल गर्न सफल भएका थिए । सेमिफाइनल खेलबाट निष्टले ग्रिनफिल्डलाई तथा पुष्प सदनले एन्जल्सहार्टलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पुष्प सदनका प्रजेन्स श्रेष्ठले सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते भने निष्टका मनीष पाण्डे हाइस्कोरर तथा रोहन लावत उत्कृष्ट गोलकिप्पर चुनिए । विजेता टिम तथा खेलाडीलाई आयोजक कलेजका कार्यकारी प्रमुख (सीईओ) नरेशप्रसाद श्रेष्ठ, निर्देशकद्वय नारायणकृष्ण महर्जन, राजेन्द्र्र श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।