नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा नेपालमा बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता २०७६ असारमा हुने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले तेस्रोपटक नेपालले आयोजना गर्न लागेको दक्षिण एसियाली शारीरिक सुगठनको १३औँ संस्करण असार ६ र ७ गते प्रज्ञा भवन, कमलादी काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेको समेत उपस्थितिमा भएको थियो ।

उक्त पत्रकार सम्मेलनमा दक्षिण एसियाली प्रतियोगितामा शारीरिक सुगठन विधाअन्तर्गतका ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथि प्रतिस्पर्धा हुने जानकारी गराइयो । संघले प्रथमपटक शारीरिक सुगठन विधाको पुरुष फिटनेस फिजिक्समा १७० सीएमसम्म र १७० सीएमभन्दा माथि उचाइ तथा महिलातर्फ १६५ सीएम र १६५ सीएमभन्दा माथिको उचाइ समूह गरी कुल १३ विधामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका करिब १५० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले उक्त प्रतियोगिताका लागि २० र २१ गते काठमाडौंमा आयोजना हुने सातौँ मि. हिमालय प्रतियोगिताका विजेता खेलाडीलाई समावेश गराउने संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी गराए ।
पत्रकार सम्मेलनका अवसरमा विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेले १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए । प्रतियोगिताको कुल बजेट ४० लाख रहेकोसमेत पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया