आफ्नो नामको पेवेलियन धोनीले उद्घाटन नगर्ने

आफ्नो नामको पेवेलियन धोनीले उद्घाटन नगर्ने


भारत र अस्ट्रेलियाबीच पाँच म्याचको शृंखलाको तेस्रो एकदिवसीय खेल फागुन २४ शुक्रबार राँचीमा हुँदै छ । राँची पूर्वकप्तान महेन्द्रसिंह धोनीको गृहनगर हो । यही खेलको दौरान धोनीलाई उनको नामबाट बनेको पेवेलियनको उद्घाटन गर्न आग्रह गरिएको थियो । तर, धोनीले उक्त आग्रहलाई बडो विनम्रतापूर्वक जवाफ दिँदै आफूले उद्घाटन नगर्ने जवाफ दिएका छन् ।

राँची झारखण्ड राज्य क्रिकेट संघको स्टेडियममा एउटा पेवेलियन स्ट्यान्डको नाम धोनीको नामबाट राखिएको छ । जब उक्त पेवेलियनको उद्घाटनको लागि राज्य क्रिकेट संघले धोनीलाई सम्पर्क गर्दा धोनीले आफूले उद्घाटन नगर्ने जवाफ दिएका हुन् । जेएससीएका सचिव देवाशिष चक्रवर्तीले गत वर्षको एजीएममा नर्थ ब्लकलाई धोनीको नाम दिने निर्णय भएको जानकारी गराउँदै त्यसको उद्घाटन गर्न धोनीलाई आग्रह गर्दा उनले आफ्नै घरमा के उद्घाटन गर्ने भनेर जवाफ दिएको बताए ।

२४ गते शुक्रबार हुने तेस्रो एकदिवसिय क्रिकेट प्रतियोगिता खेल्न अहिले भारतीय र अस्ट्रेलियाका टोली राँची पुगिसकेका छन् । पाँच शृंखलाको पहिलो दुई खेल जितेर भारत २–० ले अगाडि छ ।