नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते सोमबार बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहान ११ बस्ने भएको हो ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । विज्ञप्तिमार्फत मुख्यसचिव पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका अनुरोध गरेका छन् ।
पार्टीमा शीर्ष नेताहरू सभापित शेरबहादुर देउवा, महासचिव शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीचको सम्बन्ध अहिले सौहार्दपूर्ण छैन । यसैबीच ५६ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरू पनि देउवाको नीतिविरुद्ध एक भएका बेला चैत ४ गते हुन लागेको सो बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ ।
प्रतिक्रिया