अजरुद्धिनका छोरा र सानियाकी बहिनीबीच इलुइलु

अजरुद्धिनका छोरा र सानियाकी बहिनीबीच इलुइलु


भारतीय क्रिकेट टिमका पूर्वकप्तान मोहम्मद अजरुद्धिनका छोरा असद यतिबेला चर्चामा छन् । उनीहरूबीचको चर्चा अन्य कुनै कारणले नभई डेटिङका कारणले भएको छ । असद यतिवेला टेनिस स्टार सानिया मिर्जाकी बहिनी अनम मिर्जासँग डेटिङ गरिरहेका छन् ।

सानिया र अनम मिर्जाले असदसँगै खिचेको तस्बिर सेयर गरेरपछि उनीहरूबीचको सम्बन्धको खुलासा भएको हो । सानियाले सेयर गरेको उक्त तस्बिरको क्याप्सनमा ‘फेमली’ भनेर लेखेकी थिइन् । साथै सानियाले असद र अनमका केही तस्बिरहरू पनि इन्स्टाग्राममा राखेकी छिन् ।

गत वर्ष अनमले पति अकबर रसिदसँग सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिइन् । अनमको अकबर रसिदसँग १८ नोभेम्बर २०१६ विवाह विवाह भएको थियो ।