नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको अभिव्यक्ति दिएका छन् । एक पत्रिकाको वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन विहिबार विराटनगर पुगेका देउवाले विराटनगर विमानस्थलमा असञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको अधिवेशन तोकिएको समयमा हुने दाबी पनि गरे ।
यतिबेला चासो र चर्चामा रहेको ‘चाक्सीबारी बैठक’ बारे प्रतिक्रिया दिँदै उनले साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको बताए ।
यस्तै, पार्टीका नेता डा. शेखर कोइरालाबारे चर्को अभिव्यक्ति दिएको बारे प्रष्ट्याउँदै उनले पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको तर पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै नगरेको जवाफ दिए । कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने देउवाको भनाइ थियो ।
सभापति देउवाले ‘वाइड बडी’ विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने र नेवि सङ्घको तदर्थ समिति चाँडै गठन गरिने जानकारी दिए ।
pic: rss
प्रतिक्रिया