आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०७५ शुक्रबार, ८ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०७५ शुक्रबार, ८ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण २४ गते शुक्रबार तद्अनुसार सन् २०१९ मार्च ०८ तारिख फाल्गुन शुक्लपक्ष द्वितीय तिथि उत्तराभाद्रपद नक्षत्र शुभ योग १५ः४८ पर शुक्ल योग बालब करण ११ः३० पर तैतिल करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मा भयो र सूर्यास्त साँझ १८ः०७ मा हुनेछ । शुभ समय अभिजित– ११ः५१ देखि १२ः३८, राहु काल– १०ः४७ देखि १२ः१५, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुख–सुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । धरको सुखशान्ति बढ्नेछ । जीवन साथीको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । लगानी वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु बेस होला ।

वृष राशि – आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । शुभता बढ्ला ।

मिथुन राशि – आज चन्द्रमा दशौँ स्थानमा भ्रमणशील हुनेछ । कार्यमा सफलता मिल्नेछ । राजकीय काम बन्ला । यश वर्चश्व बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । कुनै बस्तुको सुख प्राप्त हुनेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख शांति बढ्ला । प्रेममा सफलता प्राप्त होला । सन्तान सुख बढ्ला । इष्टमित्रको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

कर्कट राशि – धन सम्पति बढ्ला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । कार्यमा सफलता मिल्नुको साथै पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला । धर्मकर्मसम्बन्धी काम बन्नेछ ।

सिंह राशि – भागदौड भैरहला । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नु पर्ला । आशा उत्साहमा बढोत्तरी हुनेछ । नयाँ सफलता मिल्नेछ । । यशवर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनुहुनेछ ।

कन्या राशि – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेम पात्रको माया ममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।

तुला राशि – भोगविलासमा आकर्षण बढ्नेछ । मनोकुलको काम बनेर मन प्रशन्न हुनेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा सफलता मिल्नेछ । प्रेमपथमा सफल हुनुसँगै पारिवारिक सुखशान्ति पनि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्नेछ । सुख शान्तिमा वृद्धि होला ।

वृश्चिक राशि – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा परक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र सन्तान सुख बढ्ला ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी भेटिनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर राशि – यात्रामा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । राजकीय काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ राशि – चन्द्रमा भाग्यघरमा भ्रमणशील होला, फलस्वरुप शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख आनन्द आरोग्यता धन मान महत्व बढ्नेछ । यात्रा होला । धर्म कर्ममा रुचि बढ्ला ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख शान्ति बढ्ला ।