स्वतन्त्र मधेसको एजेण्डासहित मधेसमा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएका सीके राउतले अखण्ड नेपाल स्वीकार गर्दै अब आफ्ना पृथकतावादी गतिविधि परित्याग गर्ने भएका छन् ।
बिहीबार मात्र सर्वोच्च अदालतको आदेशबाट रिहा भएका राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । स्रोतका अनुसार सरकारसँगको गोप्य वार्ताअनुसार उनी सो निष्कर्षमा पुगेका हुन् र त्यसैका आधारमा उनी बिहीबार रिहा भएको बुझिएको छ ।
राउतले शुक्रबार अपरान्ह १ बजे राष्ट्रिय सभागृहबाट आफ्नो स्वतन्त्र मधेस गठनबन्धनसमेत विघटन भएको घोषणा गर्ने बुझिएको छ । राष्ट्रिय सभागृहमा हुने उनको सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सरिक हुने बताइएको छ । प्रधानमन्त्री ओली पनि उपस्थित हुने सो कार्यक्रममै सीके नेकपा प्रवेश गर्ने आकलन गरिए पनि यसको कतैबाट औपचारिक जानकारीचाहिँ भने आएको छैन ।
प्रतिक्रिया