हिन्दू धर्म र संस्कृतिमाथि चौतर्फी रुपमा आक्रमण : कमल थापा

हिन्दू धर्म र संस्कृतिमाथि चौतर्फी रुपमा आक्रमण : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्म र संस्कृतिमाथि चौतर्फी रुपमा आक्रमण भैइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

कञ्चनपुरको पुर्नवास नगरपालिका ‘क’ गाउँमा आज आयोजना गरिएको अनुष्ठान कार्यक्रममा उनले हिन्दू धर्मको रक्षा भए मात्रै सद्भाव कायम हुने बताए । विदेशीको इशारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको उनले आरोप लगाए ।

जनभावनाको कदर गर्दै हिन्दूराष्ट्र कायम गरिनुपर्ने बताउँदै उनले हिन्दूराष्ट्रका पक्षमा जनताको बहुमत रहेकाले नेपाललाई हिन्दूराष्ट्र नै कायम गरिनुपर्ने माग गरे । ‘नेपालमा बहुसङ्ख्यक हिन्दू बसोबास गर्दछन्’, उनले भने, ‘नेपाली जनताले राष्ट्र समृद्धिका लागि हिन्दू राष्ट्र चाहेका छन् ।’