शनिबार इंगलिश प्रिमियर लिग फुटबलमा सात खेल

शनिबार इंगलिश प्रिमियर लिग फुटबलमा सात खेल


शनिबार राति भएको इंगलिश प्रिमियर लिग फुटबलमा ७ खेल सम्पन्न भएका छन् । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले वाटफोर्डलाई ३–१ ले हरायो भने सिटीका लागि रहिम स्टर्लिङले ह्याट्रिक पुरा गरे । निरिह भएको वाटफोर्डका जेरार्ड डेउलोफेउले सान्त्वना गोल फर्काउन सफ भयो ।

ब्राइटन एन्ड होभ आल्बियनले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो भने ग्लेन मुर्रे र एन्थोनी नकएर्टले गोल गरे । क्रिस्टलका लुका मिल्भोजेभिकले गोल फर्काए । कार्डिफ सिटीले वेष्ट ह्यामलाई २–० ले हरायो । जुनियर होल्लेट र भिक्टर कामारासाले १–१ गोल गरेका थिए । उता, लेस्टर सिटीले फुल्हमलाई ३–१ ले हरायो । जमाइ भार्डीले २ तथा यौरी टाइलेमान्सले १ गोल गरे ।

फुल्हमका फ्लोइड आइतेले १ गोल फर्काएका थिए । उता, न्युकासल युनाइटेडले एभर्टनलाई ३–२ ले हरायो । आयोजी पेरेजले २ तथा सालोमोन रन्डनले १ गोल गर्दै न्युकासललाई जिताए । डोमिनिक काल्भर्ट लेविन र रिचार्लसनले गोल गर्दै २–० ले अग्रता दिलाए पनि एभर्टनलाई जिताउन सकेनन् ।