भारतसँग तीन टी–२० क्रिकेट शृंखला खेल्न नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोली भारतको आग्रा जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरे ।
खेलाडीमा रामप्रसाद खरेल (कप्तान), हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, इन्द्र्रसिंह डीसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोबी, लक्ष्मीप्रसाद अधिकारी, सोभितकुमार हल्वाई, रूपक वाइबा, सुकलाल मिया, मीनप्रसाद ढकाल र ललनकुमार बाराही रहेका छन् ।
ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा अफिसियलमा राजेश शाह र शरद पौड्याल छन् । नेपालले मार्च १३, १४ र १५ तारिखमा भारतको राष्ट्रिय स्ट्यान्डिङ टिमसँग प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले जानकारी गराए । बिदाइका अवसरमा बज्रयोगिनी ब्याग प्रोडक्सनका प्रोपाइटर हरि श्रेष्ठद्वारा प्रायोजित पोसाक पनि टोलीलाई वितरण गरिएको थियो ।
प्रतिक्रिया