लालीगुराँस कपको उपाधि सिर्जना ज्ञानसागरलाई

लालीगुराँस कपको उपाधि सिर्जना ज्ञानसागरलाई


दोस्रो लालीगुराँस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सिर्जना ज्ञानसागर स्कुलले जितेको छ । तारकेश्वर–२ ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेलमैदानमा भएको फाइनल खेलमा सिर्जना ज्ञानसागरले पिसल्यान्ड स्कुललाई १–० गोलले पराजित गऱ्यो । सिर्जना ज्ञानसागरको जितमा पहिलो हाफको १८औँ मिनेटमा सुजन पाण्डेले हेडमार्फत निर्णायक गोल गरे ।

प्रतियोगितामा काठमाडौं शिक्षालयका सुजन लामा उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पिसल्यान्डका प्रदीप गुरुङ बेस्ट गोलकिपर, ब्राइट हेभनका दावा लामा बेस्ट डिफेन्स, सिर्जना ज्ञानसागरका दिवेश अधिकारी बेस्ट मिडफिल्ड र हिमरश्मीका आशिष तामाङ हाइस्कोरर बने । फेयर प्लेयरको उपाधि काठमाडौं शिक्षालय प्राप्त गऱ्यो ।

विजेतालाई तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेले, सिर्जना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्रप्रसाद पराजुली, आयोजक स्कुलका प्रिन्सिपल उमेशबहादुर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।