एनआरटीको अध्यक्षमा जोशी निर्विरोध निर्वाचित

एनआरटीको अध्यक्षमा जोशी निर्विरोध निर्वाचित


काठमाडौं खेल मण्डल (एनआरटी)को कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । फागुन २५ गते भएको उक्त निर्वाचनले सुन्दरनरसिंह जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरको छ । त्यस्तै, जोशी नेतृत्वमा गठन भएको १७ सदस्यीय समितिमा १५ जना निर्विरोध निर्वाचित भएका छन् भने दुईजना निर्वाचित प्रक्रियावाट विजयी बनेका हुन् ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा योगम्बरमान सुवाल, द्वितीय उपाध्यक्षमा नवीन सुवाल (निर्विरोध) र त्रितीय उपाध्यक्षमा गौतमबहादुर मालाकार विजय भएका छन् । त्यस्तै संघको महासचिवमा नरेन्द्रमान श्रेष्ठ (निर्विरोध), सचिवमा दिकेन सुवाल (विजयी) र कोषाध्यक्षमा अनुजसिंह प्रधान निर्विरोध चुनिएका छन् ।

त्यस्तै, नवनिर्वाचित सम्पूर्ण १० सदस्य निर्विरोध चयन भएका छन् । ती सदस्यहरूमा सुनीलभक्त जोशी, सतिसकृष्ण श्रेष्ठ, राजु केसी, हरिओम श्रेष्ठ, राजेन्द्र शाक्य, सुरेन्द्रकुमार श्रेष्ठ, सर्वज्ञरत्न मानन्धर, सुन्दर थापा, प्रज्ज्वलकान्त मैनाली र किरणशमशेर राणा रहेका छन् ।