राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देश र जनताको शिर उच्च बनाउन मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिएको बताएका छन् ।
नेपालगञ्जमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यात्राले नेपालको सनातन हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा र समग्र विकासका लागि जनतालाई जागृत बनाएको जिकिर गरे ।
‘राष्ट्रप्रतिको स्वाभिमानमा कमी आउनु हुँदैन, त्यसैले सनातन हिन्दू धर्मको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा गर्दै समग्र विकासका लागि जनता उठाउन र गाउँघर ब्युझाउन स्वाभिमान यात्रा गरिएको हो’, उनले भने ।
पैसाको बलमा गाउँगाउँमा धर्म परिवर्तन गर्ने काम भइरहेको जिकिर गर्दै अध्यक्ष थापाले सबै धर्मको सम्मानसहित हिन्दू राष्ट्रको पुनःस्थापना हुनुपर्ने कुरामा जोड दिए ।
प्रतिक्रिया