आकाशदीपले उपत्यकाव्यापी खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण, ३ रजत र ८ कांस्यका साथ आकाशदीप टिम च्याम्पियन बनेको हो । नेपाल गोजुरियो कराते डो सङ्घ, शाखा डोजो स्वयम्भूको आयोजनामा स्वयम्भूमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ५ कांस्यका साथ इचंगु डोजो दोस्रो भयो । ४ स्वर्ण, १ रजत र ४ कांस्यमा आयोजक स्वयम्भूले तेस्रो स्थानमा चित्त बुझायो ।
पुरुषमा मानसिंह डोजोका मीनबहादुर तामाङ तथा महिलामा सिफल डोजोकी युभिन महर्जन उत्कृष्ट खेलाडी घोषित भए । सो अवसरमा करातेका रवि शाही, रूपेश श्रेष्ठ, सारदा सुनार, सन्देश लामा, रेश्मा तामाङ, अप्सरा लम्साल, बरुण लामा, कृतन महर्जन, आशीष कार्की, प्रकाश राई, सानुबाबु गिरी, रामकुमार श्रेष्ठ र बीआर मित्रलाई सम्मान गरिएको थियो ।
एकदिने प्रतियोगितामा १५ टिमका २ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए
प्रतिक्रिया