राप्रपाको स्वाभिमान यात्राको समापन १ चैतमा भृकुटीमण्डपमा

राप्रपाको स्वाभिमान यात्राको समापन १ चैतमा भृकुटीमण्डपमा


१५ फागुनदेखि शुरु भएको राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा समापन हुने भएको छ ।

फागुन १५ गते बुधबार ताप्लेजुङको पाथीभरा मन्दिरमा पूजा–अर्चना गरी सदरमुकाम फुङलिङबाट शुरु भएको सो स्वाभिमान यात्रा चैत १ गते शुक्रबार अपराह्न १२ः१५ बजे काठमाडौंस्थित भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभासहित समापन हुने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

हिन्दूधर्मको पुनस्र्थापना मुख्य उद्देश्य राखेर शुरु गरिएको सो यात्रा पूर्व ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म पुगिसकेको छ । यात्राका क्रममा विभिन्न सहरमा आयोजित सभालाई राप्रपाका केन्द्रीयदेखि स्थानीय नेताहरूले सम्बोधन गरेका थिए ।