सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता : डा भट्टराई

सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता : डा भट्टराई


नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् ।

राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए ।

उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे । संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए ।