सरकार जनताको भावना विपरित चल्यो : नेता पौडेल

सरकार जनताको भावना विपरित चल्यो : नेता पौडेल


वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेकोप्रति नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चिन्ता ब्यक्त गरेका छन् ।

नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए ।

नेता पौडेलले सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले फरक फरक अभिव्यक्ति दिएकाले सरकारले सिके राउतसँग गरेको सहमतिबारे वास्तविकता प्रष्ट पार्नुपर्ने बताए ।

सरकारले सुनकाण्ड र निर्मला हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसकेको र शान्ति सुरक्षा, सुशासन र विकासको काममा पछि परेको आरोप लगाए ।