पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट

पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट


विराटनगरमा आजदेखि पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टोलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको पाँचौ साफ महिला च्याम्पियनसिप सुरु हुन लागेको हो । यो खेल नेपालमा पहिलोपटक काठमाडौंभन्दा बाहिर विराटनगरमा हुँदैछ ।

सार्कका आठ मुलुकमध्ये यो प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छन् । यसअघि ७ देशले सहभागिता जनाउने भनिएनि अन्तिम समयमा आएर पाकिूतानले सहभगिता नजनाउने भएको थियो । पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल पतियोगितामा नेपालसहित माल्दिभ्स, भुटान, भारत, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा जित हात पार्ने उच्च मनोबलका साथ विराटनगर पुगेको नेपाली राष्ट्रिय महिला टोलीले उद्घाटन तथा पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । उद्घाटन खेल विराटनगस्थित सहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरू हुनेछ ।

नेपालसहित बङ्गलादेश र भुटान समूह ‘ए’ रहेका टिम हुन भने भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा रहेका टिम हुन् । नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ ।