आइकिडोको प्रशिक्षण सेमिनार सम्पन्न

आइकिडोको प्रशिक्षण सेमिनार सम्पन्न


आइकिडो आइकिकाइ संघ नेपालको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय आइकिडो प्रशिक्षण सेमिनार फागुन २७ गते सम्पन्न भएको छ ।

दुईदिने सेमिनारमा नेपालसहित विभिन्न राष्ट्रका ४० खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अर्जुन श्रेष्ठले जनाएका छन् । सहभागीलाई जापानस्थित आइकिडोको मुख्यालयबाट आएका माकोटो इटोले प्रशिक्षण दिएका थिए ।