एसियन अल्पाइन चिड्रेन ‘स्की’मा नेपाली खेलाडी

एसियन अल्पाइन चिड्रेन ‘स्की’मा नेपाली खेलाडी


नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले कोरियामा हुने २८औँ एसियन अल्पाइन चिल्ड्रेन प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका छन् ।

कोरियन स्की संघले आयोजना गर्ने उक्त प्रतियोगिता २०१९ मार्च १६ देखि १७ तारिखसम्म कोरियाको अल्पेनसिया स्की रिसोर्ट, अन्पेनसिया, गान्गुन प्रोभिन्समा हुँदै छ । प्रतियोगितामा खेलाडीतर्फ दिनेशकुमार बोहरा, उमंग रन्जित, लक्ष्मी राई, पलिशा बज्रचार्य र प्रशिक्षक तथा टिम म्यानेजरको रूपमा प्रवीण कर्माचार्यले सहभागिता जनाउनेछन् ।

बिदाइको अवसरमा अध्यक्ष श्रेष्ठले मौकाको सदुपयोग गर्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएका थिए । सो अवसरमा नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, कोषध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव वसन्तराज कार्की तथा सदस्यहरूमा अर्जुन महर्जन र शान्तमाया परियारको उपस्थिति रहेको थियो ।