सार्क स्नुकर च्याम्पियनसिप नकआउट चरण सम्पन्न

सार्क स्नुकर च्याम्पियनसिप नकआउट चरण सम्पन्न


बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताअन्तर्गत नकआउट चरणका खेल चैत १२ गते मंगलबार सम्पन्न भएको छ ।

नकआउटको दोस्रो तथा अन्तिम दिन चार खेल भए । राजन लामाले अमिर श्रेष्ठलाई ५–१, सोम लामाले वान्छेन छापलाई ५–१, दीपक मगरले आयुश गौतमलाई ५–० र फुरी शेर्पाले विकास श्रेष्ठलाई ५–४ को फ्रेममा पराजित गरे । पहिलो दिनको नकआउटमा रेगन श्रेष्ठ, सुजेन शाही, विकेश राई र अमन कार्कीले जित हात पारेका थिए ।

चैत १६ गते बुधबारदेखि नकआउटमा जित हात पार्ने खेलाडी दुई समूह रहेर लिग खेल्नेछन् । समूह ‘ए’मा राजन, विकेश, सुजेन र रेगन तथा समूह ‘बी’मा दीपक, सोम, फुरी र अमन रहेका छन् । समूहमा शीर्ष स्थान हात पार्ने खेलाडीले जुलाई २१ देखि २७ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।