रेफ्री रिफ्रेसर कोर्समा अशोकलाई सफलता

रेफ्री रिफ्रेसर कोर्समा अशोकलाई सफलता


ट्युनिसियामा भएको १२५औँ रेफ्री रिफ्रेसर कोर्समा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सफलता पाएका छन् । रिफ्रेसर कोर्समा विभिन्न राष्ट्रका १ सय १ निर्णायकको सहभागिता रहेको बताइएको छ ।

त्यस्तै ट्युनिसियामै भएको १११औँ ग्योरोगी रेफ्री सेमिनारमा तिलक लामा र नन्द विष्टले पनि सफलता हासिल गरेको खड्काले जानकारी गराए । सेमिनारमा ५३ जना सहभागी थिए ।