अराजावा कप अन्तर्राष्ट्रिय करातेमा सुमन

अराजावा कप अन्तर्राष्ट्रिय करातेमा सुमन


अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिम्सिना चैत १४ गते बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गरेका छन् ।

मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । सुमन २०११ मा बंगलादेशमा भएको एसियाली कन्टिनेन्टल कराते तथा श्रीलंकाको कोलम्बोमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला करातेका स्वर्ण विजेता हुन् । सुमन २०१७ मा मलेसियाको क्वालालम्पुरमा भएको एसियाली गोजुरियो प्यासिफिक करातेका कांस्य विजेता पनि हुन् ।

प्रतियोगितामा सहभागी हुन सुमनलाई रेस्पोन्स टेक सर्भिस प्रा.लि. ले १ लाख रुपैयाँ प्रायोजन गरेको छ । बिदाइ कार्यक्रममा रेस्पोन्सका म्यानेजर सुदीप लामाले सुमनलाई सो रकमबराबरको चेक हस्तान्तरण गरे । सुमनलाई सुदीपसहित रेस्पोन्सका निर्देशक साइँला लामाले बिदाइ गरे । सुमनको प्रशिक्षकमा रामचन्द्र (आरसी) सुवेदी रहेका छन् ।