आईएसएफ विश्वविद्यालय भलिबलमा न्यू डायमन्ड

आईएसएफ विश्वविद्यालय भलिबलमा न्यू डायमन्ड


क्रोएसियामा हुने आईएसएफ विश्व विद्यालय यू–१५ भलिबल च्याम्पियनसिपमा सहभागी हुने न्यू डायमन्ड एकेडेमीका नौ खेलाडीसहित १४ सदस्यीय टोलीलाई चैत १३ गते बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो ।

मार्च ३० देखि अप्रिल ६ तारिखसम्म हुने प्रतियोगितामा सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ, रिया कुँवर, प्रेक्षा राई र सुनिता खड्काले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, प्रशिक्षकमा कुमार राई, निर्णायकमा चन्द्रबन्दना राई तथा अफिसियलमा मोहनकुमार कार्की र सुनकेशरी माली रहेका छन् ।

टोलीलाई पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमी एवं विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतले बिदाइ गरे । टोली चैत १५ गते शुक्रबार क्रोएसिया प्रस्थान गर्दै छ ।