नेपालका अलराउन्डर मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् ।
मेहबुब सन् २००८ मा आईसीसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको खेलमा सबै दश विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुन् । सञ्चारकर्मी सीताराम अग्रहरिले अफ्नो बुबा लखनराम अग्रहरिको स्मृतिमा लखनराम अग्रहरि र आमा गणपति देवीको स्मृतिमा गणपतिदेवी सेवा सम्मान पुरस्कार स्थापित गरेका हुन् ।
गणपति देवी सेवा सम्मान वरिष्ठ संगीत साधक गुरुदेव कामतलाई प्रदान गरिनेछ । दुवै सम्मानको पुरस्कार राशि दश हजार दश रुपैयाँ रहेको छ । सो सम्मान वैशाख ७ गते सुनसरीको दुहबीमा प्रदान गरिनेछ ।
प्रतिक्रिया