-वसन्तराज कुँवर
गाउँमा मेरो एक यदु नामका काका हुनुहुन्छ । जसलाई जे पर्दा पनि सहयोग गर्न अगाडि बढ्ने स्वभावका उहाँ कुनै घरमा कसैको मृत्यु भए बाँस काट्नदेखि दाउरा चिर्न र चिता बनाउनेदेखि आगो लगाउनसमेत अघि र्सर्नुहुन्छ । कसैको घरमा विवाह भए उहाँ खाना बनाउनदेखि जन्ती जान र सम्पूर्ण कार्यमा सहभागी हुन अघि र्सर्नुहुन्छ । त्यस्तै कसैको घरमा कोही बिरामी परे काँधमै हालेर अस्पताल लैजान उहाँ पछि पर्नुहुन्थेन भने दशैंमा खसी, बोका काट्न पनि मार हान्ने खुकुरी लिएर उहाँ घरघर पुग्नुहुन्छ । सञ्चार मन्त्रालयमा खरदार तहमा काम गर्ने ती काकाका नाममा गाउँभरिका पत्र आउँथे । मेरो बुबा त्यसबखत फिलिपिन्सतिर हुनुभएको कारण घरमा उहाँले पठाउने पत्र पनि सोही यदुराज कुँवरमार्फत नै आउने गथ्र्यो । साँझपख यदुकाका गाउँ फर्कंदा परिवारका सदस्य घरबाहिर भएकाहरूले उहाँको आगमनलाई पत्र आयो कि भन्ने आसयले प्रतीक्षा गर्दथे । यदुकाका मेरी मुमाका लागि बुबाको सन्देश भित्र्याउने महत्त्वपूर्ण पात्र नै हुनुहुन्थ्यो ।
यदुकाकाले बिहान अफिस जाँदा थुप्रैपटक खोला तरेर गोंगबु पुग्नुपर्ने वषर्ायाममा जुत्ता हातमा लिएर घाँटीमा सुरुवाल बाँध्नुहुन्थ्यो । थुप्रैपटक खोला पार गर्दै गोंगबुनजिक विष्णुमती तरेपछि मात्र सुरुवाल र जुत्ता लगाउनुहुन्थ्यो । दौरासुरुवाल अनि चस्मामा उहाँ निक्कै आकर्षक र फुर्तिलो देखिनुहुन्थ्यो । उहाँलाई देखेर मलाई पनि उहाँजस्तै खरदार बन्ने प्रेरणा जाग्ने गथ्र्यो ।
यदुकाकाको विवाहमा म सानो थिएँ । जन्त गएको थिएँ तर रोएर हजुरबुबाले फेरि घरमै त्यसै दिन फर्काउनुभएको याद आउँछ । भोलिपल्ट तामदानमा राखेर काकीलाई गाउँमा ल्याउँदा बोक्नेहरूले पल्टाउलान् भनेर उहाँले खेतको आलीमा आफंै तामदानको एक छेउ समातेको मलाई अझै सम्झना छ । त्यतिबेला हामी केटाकेटीहरू कस्तो लाज नभएको काका यसरी सबैले देख्ने गरी दुलहीको तामदान समाउन हुन्छ – भनेर मुख छोपेर हाँसेका थियौँ । त्यसबखत श्रीमान्ले परिवारको बुजु्रकका सामु खुलेर कुरा गर्ने परम्परा थिएन । उहाँले तामदानलाई भर दिएको पनि हाम्रा लागि अचम्मको विषय भएको थियो । त्यसपछि काकासँगै काकी पनि त्यस गाउँमा भित्रिनुभयो । अग्लो शरीरकी काकीका बडाबडा आँखा थिए । काका र काकीको जोडी त्यस गाउँमा मिलेर बसे । काकाका दुई छोरा भए । दिदीबहिनी धेरै भएकाले उहाँमाथि थुप्रै व्यवहार थियो । हेर्दाहर्ेर्दै काका अवकाश भएर पूरै समय गाउँमा बस्न थाले । गाई चराउनदेखि खेत खन्न र जन्त जानदेखि मलामीमा पुग्नसम्म यदुकाका कहिले थाक्दैनथे ।
म ठूलो भएपछि प्रहरीमा अधिकृत भएर बाहिरबाहिर रहन थालेँ । वर्षौंपछि उहाँलाई देख्दा अनुहारमा थोरै चाउरी देखेँ तर पनि उहाँको फुर्तिलो व्यवहारमा कुनै अन्तर थिएन । काकीचाहिँ अलि रोगीरोगी भएको थाहा पाएँ । करिब पाँच वर्षअघि काकीलाई देख्दा वास्तवमै उहाँलाई निक्कै दुब्लो र अशक्त रूपमा पाएँ । लगभग उहाँ घरबाट बाहिर हिँड्नसमेत नसक्ने अवस्थामा हुनुभएछ ।
हालै केही महिनाकोे कुरा हो -जेठ १३ गते राति) काकीको स्वर्गारोहण भएको खबर पाएँ । बिहानै उठेर यदुकाकालाई सान्त्वना दिन गाउँ पुगेँ । उहाँलाई कोठैमा भेटेँ । मलाई भेट्नेबित्तिकै खाटमा पलेँटी कसेर उहाँले कसरी काकीको अन्तिम अवस्थामा सास गयो भनेर सुनाउनुभयो । मैले उहाँलाई अझै बलियो मन भएको व्यक्ति नै पाएँ । रातको तीन बजे सद्गत सकेर फर्के पनि मैले बिहान नौ बजेतिर उहाँलाई भेट्दा उहाँ सुत्नुभएको थिएन । उहाँले भन्नुभयो, ‘काकी करिब बाह्र वर्ष थला परिन्, तर मैले कहिल्यै हेला गरिनँ । उपचारमा सर्वस्व खर्च गरेँ । उनलाई बाँच्ने रहर थियो ।’ उहाँका कुरा म सुन्दै गएँ । काकाले काकीका उपचार सम्बन्धमा झन्डै १५ मिनेट कुरा गर्नुभयो र एक्कासि कुरा गर्दागर्दै एकछिन् छानातिर हेरेर मलाई भन्नुभयो, ‘अब मलाई कसले खाना खाऊ भन्ला -‘ यति वाक्य भनिसकेपछि काका आँखाभरि आँसु निकालेर रुन थाल्नुभयो । केहीबेर उहाँ बोल्न सक्नुभएन । छतमा हर्ेर्दै आँसु रोक्न प्रयास गर्नुभयो । मैले यसरी यदुकाका रोएको कहिल्यै देखेको थिइनँ । एकहातले आँसु पुछेर केही बोल्न खोज्नुभयो तर बोल्न नसकी भित्तातर्फ फर्केर मैले थाहा नपाउनेगरी फेरि रुनुभयो ।
मैले संसार यस्तै भएको बताउँदै भने, ‘हजुरले सकेजति गरिबक्सेकै हो ।’ उहाँले त्यसपछि आँसु पुछ्दै भन्नुभयो, ‘तर १२ वर्षदेखि काकी हिँडडुल गर्न सक्थिनन् तर पनि घ्रि्री-घ्रि्री भान्छामा पुगेर मलाई खाना बनाएर खुवाउँथिन् । म गाई चराउन वा खेतमा काम गर्न जाँदा सकिनसकी खाना बनाएर चिप्लेकीराझैं घस्री-घस्री मलाई त्यो खाना पुर्याउन आउँथिन् । देख्नेहरूले पनि उनलाई गाली गर्थे । हामी ४५ वर्ष विवाहपश्चात् सँगै बस्यौँ । मैले कहिल्यै भोको बस्नुपरेन । अब मलाई खायो-खाएन भनेर सोध्ने कोही पनि हुने छैनन् ।’ यति भनी उहाँ फेरि रुन थाल्नुभयो । मैले फेरि सम्झाएँ । फेरि उहाँले भन्नुभयो, ‘हिजो पनि मर्नुअघि उनले छुटि्टएर बसेका जेठो छोरा र बुहारीलाई म त मरिहाल्छु बुबालाई खाना समयमा खुवाउनु है भनी अनुरोध गरिन्,’ यति भनेर फेरि काकाले छानामा हेर्नुभयो । मेरा आँखामा पनि आँसु रसाइसकेका थिए ।
म उठ्ने बेलामा काकाले, ‘वसन्त, शायद अब म पनि धेरै बाँच्दिनँ होला’ भनेर भन्नुभयो । काकालाई सान्त्वना दिन अरू व्यक्तिहरू पनि आएपछि म त्यहाँबाट निस्केँ । अलिकति गाउँभन्दा वर आइसकेपछि साङ्ले खोला नदीको किनारमा मोटरसाइकल रोकेँ । फर्केर फेरि म जन्मेको गाउँतिर हेरेँ । काकाको घर देखेँ र काकाको आँसुलाई फेरि एकपटक सम्झेँ ।
ती काका जसकी श्रीमती १२ वर्ष थला परिन् तर पनि तिनी कुनै नयाँ श्रीमती खोज्दै हिँडेनन् । ती काकाले श्रीमतीमाथि भयङ्कर रोग लाग्दा पनि उनको साथ छोडेनन् । उनको मृत्युपश्चात् पनि श्रीमतीले रोगी भएका कारणबाट आफूले भोग्नुपरेको पीडाका कुरा नगरी केवल उनले बाँचुन्जेल सकिनसकी आफूलाई देखाएको मायाका कुरा मात्र उनले सबैलाई सुनाए । अझै पनि उनको श्रीमतीप्रतिको माया, श्रद्धा र प्रेम वास्तवमै उदाहरणीय थियो । मलाई सबैभन्दा मन केले छोयो भने, काका ती अशक्त, बिरामी र वर्षौंदेखि घरमा थलिएर बसेकी आफ्नी श्रीमतीलाई अपार माया गर्दारहेछन् ।
मैले त्यही खोलाकै किनारमा उनको बारेमा यो लेख लेख्ने निधो गरेँ । ती काका र काकीका प्रेमले मेरो मन छोयो । आज कैयौँ विवाहबन्धनमा साना-साना कुरालाई लिएर वैवाहिक सम्बन्ध भङ्ग भएका छन् । आज कति व्यक्ति श्रीमती मर्नेबित्तिकै तरुनी श्रीमती ल्याउन बाटो खुल्यो भनेर भित्रभित्रै दङ्ग पर्दै छन् । आज कैयौँ लोग्नेमान्छेहरू अशक्त अवस्थामा पुगेका श्रीमतीले आफूलाई यौन सन्तुष्टि दिएनन् भनेर नयाँ-नयाँ सम्बन्ध बनाई हिँडेका छन्, त्यो हुलमा गाउँमा रहेका एक गरिब यदुकाका एउटा अर्कै मानिस देखिन्थे । उनको श्रीमतीप्रतिको स्नेह, प्यार, श्रद्धा र र्समर्पण मेरा लागि वास्तवमै मन छुने तथ्य भयो । मैले त्यस दिन महसुस गरेँ, अधिकांश लोग्नेमानिस आफ्नी श्रीमती पहिला मरेमा केही दिनपछि नै तिनले बाँचुन्जेल दिएका योगदानलाई सजिलै बिर्सने गर्छन् तर यदि श्रीमती बाँचेर श्रीमान् पहिल्यै गएका छन् भने ती श्रीमती भने जसलाई भेट्दा पनि आफ्नो श्रीमान्कै कुरा गर्न रुचाउँछन् । आजभोलि हामीहरूजस्ता लोग्नेमानिसले पनि श्रीमतीको त्याग, र्समर्पण, माया, राम्ररी बुझिरहेका छैनौँ । त्यस दिन यदुकाकालाई भेटेपछि श्रीमतीप्रतिको संवेदनशीलता वास्तवमै मभित्र निकै बढ्यो । मैले काकाकहाँबाट फर्केपछि यी सबै कुरा आफ्नी श्रीमतीलाई बताएँ र काकाले भनेको कुरा ‘अब मलाई कसले खाना खाऊ भन्ला’ भन्ने वाक्य सम्झेपछि मैले पनि मेरि श्रीमतीको आँखामा आँखा राख्दै भने, तिमीलाई धन्यवाद छ कि मैले पनि सधैं त्रि्रा कारणले समयमा खान पाएको छु ।’
वास्तवमै यदुकाकाका शब्दले मलाई आफ्नै श्रीमतीलाई हर्ेर्ने दृष्टिमा ठूलै अन्तर ल्यायो । म सोच्न थालेको छु कुनै एक छोरी जो अर्कै घरमा जन्मिन्छन्, हुर्किन्छन् र जवान भएपछि चिन्दै नचिनेको घरपरिवारमा एक्लै आएर मिसिन्छिन् । मिस्सिने मात्र होइन त्यस घरलाई नै आफ्नो घर मानी जन्मेको थर नै छोडेर त्यही घरको थरलाई स्वीकार गर्दछिन् । थर स्वीकार गर्ने मात्र होइन त्यस घरमा सन्तान जन्माउने, हर्ुकाउनेजस्ता कठिन काम पूरा गरी त्यो परिवारको वंशलाई अगाडि बढाउँछिन् । आफू नखाई-नखाई त्यस घरको सम्पत्तिको संरक्षण गरि्छन् र लोग्ने मरेपछि पनि चुरा, धागो, टीका मात्र त्याग्ने होइन हिजो सती जानसमेत तयार हुन्छिन् । यत्रो त्याग गरेर श्रीमती भएर आउने कसैलाई हामी लोग्नेमानिसहरू पिट्छौँ, कुट्छौँ, तिरस्कार गछौर्ं, छोड्छौँ वा अपमान गर्र्छौं भने मलाई लाग्यो शायद हामीले यो संसारमा गरेको योभन्दा ठूलो पाप अरू केही हुने छैन होला ।
काकाका काकीप्रतिको शब्द सुनेपछि ममा पनि नयाँ-नयाँ कुराहरू मनमा खेल्न थालेको छ । मलाई लागिरहेको छ कि मैले आफ्नी श्रीमतीलाई ती काकाले जति पनि माया, सम्मान र श्रद्धा दिन सकेको छैन । मलाई लाग्थ्यो म लोग्नेमान्छे भएर सबै कुरा मैले नै गरेको छु । मैले श्रीमतीको पनि रक्षा गरेको छु तर श्रीमतीबाट मेरो जीवनरक्षा र विकासमा दिएका योगदान मैले अझै बुझ्न सकेको रहेनछु । मैले दिएका माया काकाका अगाडि साह्रै थोरै रहेछन् । अब म पनि एउटा के निष्कर्षमा पुग्न थालेको छु भने श्रीमतीभन्दा आफु अगाडि मर्नुपर्ने रहेछ । नत्र दु:ख पाइने निश्चित रहेछ । त्यसैले त्यस दिन काकाकहाँबाट फर्किएपछि बेलुका मैले निकैबेर श्रीमतीका आँखामा हेरिरहेँ र हृदयबाटै भने, ‘तिमी मभन्दा पहिले नमर्नु है !’
प्रतिक्रिया