गणेशलाल कक्षपतिलाई अध्यक्षमा निरन्तरता दिँदै राष्ट्रिय मुवाँथाइ संघ नेपालको चुनावी साधारणसभाले १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा उमेशकुमार खड्का र नीलम अधिकारी, महासचिवमा राजेश महर्जन, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा भिमा श्रेष्ठ रहेका छन् । विकेश देउला, दीपक तामाङ, अमर महर्जन, राजु कक्षपति, धनबहादुर ठकुरी, सन्तोष घलान, मनीष लिबी, कविकृष्ण मधिकर्मी, साजन माली, सुजाता पोखरेल र भूपेश शाक्य छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया