गृहजिल्लाका कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

गृहजिल्लाका कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री पर्सा र बारा प्रस्थान


प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

गृहजिल्लामा सोमबार हुने तीनवटा कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न सोमबार १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काईट्रकमार्फत प्रस्थान गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी दिए । मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको बताए । उनले घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकताअनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताएको राससले जनाएको छ ।