आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेठ २०८१ आइतबार, २ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेठ २०८१ आइतबार, २ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ २० गते तद्अनुसार सन् २०२४ जुन २ तारिख आइतबार ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि रेवती नक्षत्र आयुष्मान योग बब करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ । स्मार्तहरुको अपरा एकादशी व्रत ।

आजको राशिफल

मेष – उद्योग र व्यापारमा विशेष फाइदाको समय छ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । सवल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान राख्नु उचित हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । विवाहितजनको दाम्पत्य जीवन सुखमय रहला । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ भने वैदेशिक योजनासम्बनधी कार्यहरू सुचारु भएर जानेछन् । समग्र कार्यमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।

वृष – गरिएका कर्मको उचित प्रतिफल पाइने तथा विगतको श्रमबाट राम्रै धन लाभ हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । आजको दिन चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीहरुबाट टाढा रहनु उचित हुनेछ । यात्रागत कार्य सार्थक बन्ने देखिन्छ । पारिवारिक समस्याको समाधान र आफन्तजनको साथ मिल्नेछ ।

मिथुन – आजको दिन अनुकुलताभन्दा प्रतिकुलता ज्यादा अनुभूति भएर बित्न सक्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ, सचेत रही बोली र व्यवहार गर्नुहोला । मातापिता र सन्तान पक्षसँग मतभेद बढ्ने योग छ । पढाइलेखाइमा अवरोध आउला । आजको कुनै निर्णय खराब हुनसक्ने सम्भावना रहेकोले निर्णय गर्दा विशेष विचार गर्नु हितकर हुनेछ ।। विगतको श्रमबाट लाभ प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – रोकिएका काम पुनः सुरु गर्ने र नयाँ कामका योजना पनि अघि बढाउन सकिने समय छ । विभिन्न उपहार प्राप्त हुने देखिन्छ । आज आर्थिक लेनदेनको काम नगर्नु बुद्धिमानी ठहरिनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनु उचित होला । खर्चका बाध्यता निकै आइपर्ने योग छ, सचेत रहनुहोला । । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रसरागमा आकर्षण बढ्नेछ भने शत्रुपक्ष परास्त हुने देखिन्छ ।

सिंह – आजको दिन मिश्रित फलदायी रहला । काममा चुनौती पैदा हुनसक्छ । दौडधुप र जोखिम बढ्नेछ । धार्मिक कार्यमा मन नजाने, विश्वासघात हुनसक्ने योग भएकोले गोपनीयतामा एकदमै सचेत रहनु उचित हुनेछ । यात्रागत कार्य गर्दैहुनुहुन्छ भने आजका लागि थाती राखेकै बेस । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रयास सार्थक हुन सक्छ । रसरागको कार्यमा आकर्षण रहला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्थासमेत सिर्जना हुने देखिन्छ ।

कन्या – आजको दिन सुख र दुःखको संगम भएर बित्ने देखिन्छ । पति–पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । प्रेमभाव वृद्धि होला । सुख बढ्नेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुने देखिन्छ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ, सचेत रहनुहोला । निर्णायक क्षमतामा कमी आउन सक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग पनि प्राप्त होला ।

तुला – कुनै विशेष योजना अघिबढाउँदै हुनुहुन्छ भने आजको दिन उचित रहला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तथापि कसैसँग विवाद वा झगडा हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग रहेकोले खानपानमा विशेष सजक रहनुहोला । कार्यमा गोपनियता रहनु आवश्यक छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – प्रतिक्षित परिणामहरू तपाईंको पक्षमा आउलान् । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएको काम मिहिनेतले बन्नेछ । तथापि, घरेलु समस्याले सताउने, मित्र तथा आफन्तहरुले पनि धोका दिने योग भएकोले मन चिन्तित रहन सक्छ । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको अवस्था आउला । सहयोगीहरू टाढिन सक्छन्, तर प्रेमको बन्धन भने कसिएर जाला ।

धनु – आजको समयलाई खासै राम्रो मान्न नसकिएला । व्यस्तता बढ्नेछ । अनावश्यक विवाद र झोला आइपर्नसक्ने योग छ । काममा लगनशील बन्न नसक्दा अरूले आलोचना गर्न सक्छन् । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू भने सकारात्मक नै रहनेछन् । कही मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुन सक्छ । रसरागात्मक कार्यमा आकर्षण बढ्ने देखिन्छ ।

मकर – पराक्रम बढ्नेछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिने समय छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सावधानी अपनाउनु हितकर होला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, सचेत रही व्यवहार गर्नुहोला । समस्यामा नियमकानूनले साथ दिनेछ ।

कुम्भ – सामर्थ्य वृद्धि हुनेछ तर निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । अध्ययन–अध्यापनमा मन कम जानसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, सचेत रहनुहोला । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्ने देखिन्छ ।

मीन – बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । स्वास्थ्यप्रति भने विशेष सावधानी अपनाउनु उचित होला । आर्थिक कारोबारमा पनि समस्या आउने योग छ । धार्मिक कार्यमा खासै रुचि नहोला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।