पाठकमञ्च

पाठकमञ्च


pathakmanchमहानिर्देशकको आँखा छल्दै ‘वैरो’ विभागमा चलखेल
सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई ‘जिरो कष्ट’ (सुन्य लागत) लागु गर्ने निर्णय गरे पनि वैरो विभागका कर्मचारी र म्यानपावर व्यवसायीहरूले अनियमित रकमको व्यापक चलखेल गर्ने गरेको बुझिएको छ । विभागको ताहाचलस्थित कार्यालयमा रहेको नवीकरण र व्यक्तिगत श्रमस्वीकृतिमा महिला कामदारको एक लाख र पुरुषको श्रमस्वीकृति निकाल्दा पचास हजारका दरले घुसको लेनदेन हुने गरेको स्रोतको छ । नवीकरणमा फ्रेस एमआरपी पासपोर्टलाई श्रमस्वीकृति दिएवापत कर्मचारीहरूले यसरी घुस असुल्ने गरेका हुन् ।
म्यानपावर व्यवसायीहरू घुसको रकम कर्मचारीको खल्तीमा पु-याउन विदेश भ्रमण गएको वेला हुण्डीमार्फत आफन्तको नाममा रकम बुभ्mने गरेका छन् भने सानोतिनो रकम विभागको काठमाडौं कार्यालयमा कार्यरत कर्मचारीको घरमै पुग्ने गरेको बताइन्छ । विभागमा मानव तस्करी गर्दै कर्मचारी पाल्ने अधिकांश एजेन्टले नयाँ एजेन्ट नियुक्त गरी कर्मचारीसँग कनेक्सन जोडेका छन् । मानव तस्करहरूले राखेका एजेन्टहरूले व्यक्तिगत र नवीकरणका नाममा नयाँ (फ्रेस) एमआरपीलाई श्रमस्वीकृति निकाल्दै आएका छन् ।
वैदेशिक रोजगारको मुख्य कार्यालय बुद्धनगरमा म्यानपावर नवीकरणरण, उजुरी फच्र्यौट र संस्था दर्तामा एकमुस्ट मोटो रकम दिनु परेको म्यानपावर, अभिमुखीकरण तालिम र कानुनव्यवसायीहरूले उल्लेख गरेका छन् । व्यवसायीहरूले एकमुस्ठ दुईदेखि १० लाखसम्म घुसको कारोवार गर्न कानुनव्यवसायीलाई जिम्मा दिने गरेको दाबी गरिएको छ । विडम्बनाको कुराचाहिँ यो छ कि यसरी हुनेगरेको अनियमितताबारे विभागका महानिर्देशक भरतराज सुवेदीलाई सुइँकोसम्म रहेको छैन ।

सूचनाको हक खोज्दा दुव्र्यवहार
नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग)का पदाधिकारीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको समाचार सार्वजनिक भएपछि कारबाहीबाट जोगिन सम्बन्धित पात्रहरू विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापा स्वयम्को भ्रष्ट र अनियमित क्रियाकलापका कारण संस्था धराशयी बन्न लागेको भन्दै एन्ट्यागसम्बद्ध कर्मचारी नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित सबै निकायको ढोका ढकढक्याउन विवश भएका छन् । यसैक्रममा एन्ट्यागमा भएका अनियमितता सम्बन्धमा सूचना माग्न पुगेका सञ्चारकर्मीलाई कार्यालयमा बोलाएरै दुव्र्यवहार गरिएको छ । संस्थाका हर्ताकर्ताहरूले सूचना दिन अस्वीकार गरेपछि सञ्चारकर्मी बालकृष्ण भट्टले सूचना उपलब्ध गराइदिन राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएका छन् । पत्रकार भट्टले एन्ट्यागका पदाधिकारीले सूचना माग्दा दुव्र्यवहार गरी सूचना नदिएको भन्दै गत भदौ २९ गते उजुरी दर्ता गराएका हुन् । दर्ता नम्बर २९२ रहेको सो आवेदनमार्फत एन्ट्यागले तथ्य सूचना नदिएकाले उपलब्ध गराइदिन आग्रह गरिएको छ । सञ्चारकर्मी भट्टले एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापासँग कार्यालयको ल्यापटप, मोटरसाइकल, मसलन्द र भिटामिन ‘ए’ कार्यक्रमको प्रचारप्रसार कार्यलगायतमा व्यापक आर्थिक अनियमितता भएको जानकारीमा आएको भन्दै सोसम्बन्धी यथार्थ सूचना माग्दा आफूमाथि दुव्र्यवहार गरिएको दाबी गरेका छन् ।
– बी. भट्ट