ओलम्पिक छनोट चरणमा नेपालको चुनौती समाप्त

ओलम्पिक छनोट चरणमा नेपालको चुनौती समाप्त


ओलम्पिक छनोट चरणअन्तर्गत दोस्रो चरणको खेलमा नेपालको चुनौती समाप्त भएको छ । पहिलोझैँ दोस्रो चरणमा पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिए पनि नेपाली महिला फुटबल टिम खरो उत्रिन सकेन ।

आफ्नो पहिलो खेल आयोजक म्यान्मारसँग खेलेको नेपाल म्यान्मारसँग ३–१ ले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा पनि भारतसँग सोही अन्तर ३–१ ले पराजित भएपछि नेपालको तेस्रो चरणमा पुग्ने सपना चकनाचुर भएको थियो ।

नेपालले आफ्नो अन्तिम खेल चैत २६ गते मंगलबार इन्डोनेसियासँग खेलेको थियो । उक्त खेलमा नेपालले इन्डोनेसियालाई २–१ ले पराजित गर्दै स्वान्त्वना जित निकाल्न सफल भयो । नेपालको महिला टोलीले पहिलोपटक ओलम्पिक छनोट चरण सहभागिता जनाएको हो ।