नेपालमा लगानी गर्न इच्छुक छौँ : फ्रान्सेली उद्यमी

नेपालमा लगानी गर्न इच्छुक छौँ : फ्रान्सेली उद्यमी


नेपाल भ्रमणमा रहेको फ्रान्सेली उद्यमी व्यवसायीको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्न आफूहरु उत्साहित रहेको बताएको छ । मंगलबार साँझ नेपालका लागि फ्रान्सेली राजदूत फस्वाँँ जभिए लेजेले आयोजना गर्नुभएको स्वागत समारोहमा नेपालमा राजनीतिक स्थायित्व कायम भएसँगै लगानीकर्ता नेपालमा पूँजी लगाउन इच्छुक रहेको बताउनुभयो ।

नेपालको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा सक्दो सहयोग गर्न आफ्नो देशका उद्यमी व्यवसायीले चाहेको राजदूत लेजेको भनाई थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले लगानीको प्रतिफल स्वदेश लैजाने वातावरण विदेशी लगानीकर्तालाई बनेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

rss