निर्माण सम्पन्न बागमती जलविद्युत आयोजनाको २२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । प्रवद्र्धक कम्पनी माण्डु हाइड्रो पावर कम्पनीले मकवानपुरको भीमफेदीमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।
निर्माण सुरु भएको ३ वर्षमा आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको हो । आवासीय इन्जिनियर रत्न बम्जनका अनुसार १५ दिनको परीक्षणपछि आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको हो । उनले गत चैत्र १ गतेबाट परीक्षण उत्पादन सुरु गरेको आयोजनाको विद्युत प्राधिकरणको कुलेखानी सबस्टेसनमा जोडिएको बताए । ‘अहिले आयोजनाले ६ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।’ उनले भने, ‘गत असारदेखि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि निर्माणधीन काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) का कारण प्रभावित हुँदा १० महिना ढिलो हुन पुग्यो ।’
प्रवद्र्धक कम्पनी माण्डु हाइड्रोपावरका अनुसार आयोजना सम्पन्न गर्न ४ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया