दीपक र राणाको इन्टरनेसनल एथलेटिक्स फोरममा सहभागिता

दीपक र राणाको इन्टरनेसनल एथलेटिक्स फोरममा सहभागिता


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजना गर्न गइरहेको नवौँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागिता जनाउने ओलम्पियन दीपक विष्ट र स्नेहराज्यलक्ष्मी राणालाई बिदाइ गरेका छन् ।

उक्त फोरम यही अप्रिल १३ देखि १७ सम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रधान कार्यालय स्विट्जरल्यान्डको लुसान शहरमा हुँदै छ । जसमा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट र विष्टले इन्टटरनेसनल एथलेट्स फोरमअन्तर्गत ओलम्पियन फोरममा सहभागिता जनाउनेछन् ।

बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले ओलम्पिक मुभमेन्ट्स र ओलम्पियनको महत्वबारे प्रकाश पारेका थिए । साथै सकारात्मक सोचका साथ सहभागी भएर लगनशीलतासहित गतिविधिहरू सिक्न र त्यसलाई नेपालको परिवेशमा लागू गर्ने विश्वास प्रकट गरेका थिए ।

कार्यक्रममा मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठ, ओलम्पियन उमेश मास्के र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठकोे उपस्थिति रहेको थियो ।