स्क्वास : अमृत क्वार्टरफाइनलमा

स्क्वास : अमृत क्वार्टरफाइनलमा


आठौँअन्तर्गत ११औँ राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापामगर बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै काशीराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अस्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

त्यस्तै प्रदेश २ का दीपक थापाले एपीएफका मित्रलाल गुराउलाई १०–१२, ११–७, ६–११, ११–६ र ११–५, एपीएफका विक्रम मगरले प्रदेश ३ का विनोदरत्न शाक्यलाई ११–५, ११–५ र ११–७ तथा प्रदेश ३ का प्रवीणवीरसिंह कंसाकारले प्रहरीका आकाश सुनुवारलाई ५–११, ११–७, ११–४, ८–११ र १६–१४ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगे । प्रदेश १ का निशान्त अग्रवालले प्रहरीका सुदीपबहादुर सिंहबाट वाकओभर पाएर क्वार्टरफाइनलमा प्रवेश गरे । प्रतियोगिताको सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच शुभारम्भ गरे ।