आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०७६ बुधबार, १७ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०७६ बुधबार, १७ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं.११३९ वसन्त ऋतु वि.सं.२०७६ वैशाख ४ गते बुधबार तद्अनुसार सन्् २०१९ अप्रिल १७ तारिख चैत्र शुक्लपक्ष त्रयोदशी तिथि उत्तराफाल्गुणी नक्षत्र ध्रुव योग कौलव करण १०ः८ पर गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२९ मा हुनेछ । प्रदोषव्रत्तम्, महावीर जयन्ती, भक्तपुरे छुमागणेशयात्रा । राहु काल– १२ः४ देखि १३ः४०, दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । घरको सुखशान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मान–पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।

बृष राशि – प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्लान् । आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । शुभता बढ्ला ।

मिथुन राशि – आज चन्द्रमा चौंथो स्थानमा भ्रमणशील हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हासविलासमा आकर्षण बढ्नेछ । कुनै बस्तुको सुख प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । योजना र बजेट बनाइ काम गर्नु बेस रहला ।

कर्कट राशि – सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला । धनसम्पति बढ्ला ।

सिंह राशि – सुख समृद्धि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साहमा बढोत्तरी हुनेछ । नयाँ सफलता मिल्नेछ । । यशवर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनु हुनेछ ।

कन्या राशि – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धि र रचनात्मक कार्य बन्नेछ । प्रेम पात्रको माया ममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।

तुला राशि – भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड चलिरहला । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित होला । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु हितकर रहनेछ । बजेट बनाई काम गर्नु हितकर रहला । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यताप्रति सचेत रहनु पर्ला ।

वृश्चिक राशि – सुख शान्ति बढ्नेछ । अन्नधन बढ्ला । आयवृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र सन्तान सुख बढ्ला ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदबी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर राशि – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ राशि – चन्द्रमा आठौँ स्थानमा भ्रमणशील होला, फलस्वरुप कठोर परिश्रमले काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । जोखिमपूर्ण कामप्रति सचेत रहनुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नु पर्ला । स्वास्थ्यप्रति सजग रहनु पर्नेछ ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख शान्ति बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।