"बीएफबीएसको साहित्यिक प्रस्तुति स्रष्टा श्रृंखला"

"बीएफबीएसको साहित्यिक प्रस्तुति स्रष्टा श्रृंखला"


लण्डन । बीएफबीएस गोर्खा रेडियो यूकेले सम्पूर्ण स्रष्टाहरुको सम्मानस्वरुप केही समयको लागि स्रष्टा श्रृँखला नामक साहित्यिक कार्यक्रम संचालन गर्ने भएको छ । यो कार्यक्रम प्रत्येक हप्ता शुक्रवार दिउँसो २ बजेर तीस मिनेट जाँदा र आइतवार बेलुकि ६ बजेर तीन मिनेट जाँदा प्रसारण गरिने छ । कार्यक्रममा सहभागिता जनाएर आफ्नो श्रृजनाहरु प्रस्तुत गर्नु हुने, सबै स्रष्टाहरुलाई प्रमाणपत्र र बीएफबीएस चिन्ह अंकित उपहार प्रदान गरिने छ ।
स्रष्टा श्रृँखला कार्यक्रममा सहभागिता जनाएर आफ्नो श्रृजनाहरु प्रस्तुत गर्न चाहनेले, यथाशीध्र चाँडै बीएफबीएसमा सम्पर्क गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । कार्यक्रममा श्रष्टाहरुले कविता, मुक्तक, गीत र गजल सबै प्रस्तुत गर्न सक्नेछन् । तर नियमित रुपमा प्रसारण हुँदै कविता कुसुमभने, यो कार्यकमको श्रृंखला समाप्त नभएसम्म प्रसारण गरिने छैन ।
-योगराज राई, मेस