ब्यथा लागेको आठ मिनटभित्रै

ब्यथा लागेको आठ मिनटभित्रै


लण्डन । एउटा युवा जोडीले केवल आठ मिनटको सुत्केरी ब्यथापछि बाथरुममा उनीहरुको बच्चा जन्माएको खबर प्रकाशमा आएको छ । गर्भवती नेताली डनलेभीकी बच्चा जन्मने बेलामा निकास हुने जल प्रस्फुटन भएको देखेपछि पार्टनर जोशुआ कोर्टनीले तत्काल मिडवाइफलाई फोनबाट गुहारेका थिए । टिङ्गले, बेकफिल्डस्थित आफ्नै घरको बाथरुमभित्र मिडवाइफले फोनबाट दिएको सल्लाह बमोजिम ती दम्पत्तीले बच्च जन्माउन सफल भएका थिए । बच्चा जन्मेपछि २२ वर्षीय डनलेभीले खुशी हँुदै …विश्वासै गर्न नसकिने खालको हालतमा बच्चा पैदा भयो… पार्टनर जोशले राम्रो काम गरे.. कहिल्यै भुल्न नसकिने राम्रो अनुभव भयो…भनेकी थिईन् । उनिहरुको छोरी बो पियरे जन्मँदा आठ पाउण्ड चार ओन्ज वजनकी थिईन् । अहिले आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेकी छिन् । डनलेभीको अर्को एक जना सन्तान, चार वर्षीय छोरा पनि छ । उनले बिहीबार एकबजेर बीस मिनट जाँदा आफुलाई हल्का पेट दुखेको अनुभूति भएको थियो तर उनले यसलाई सुत्केरी व्यथा होला भन्ने ठानेकी थिईनन् रे भनेकी छिन् । जब दुखाइ एकैछिनमा सहनै नसक्ने हुन थालेपछि ट्वाइलेट गएकी थिईन् त्यतिबेला गर्भको पानी फुटेर भुइँभरि छताछुल्ल भएपछि बल्ल उनलाई अब बच्चा जन्मिने कुरा थाह लागेको कुरा बताएकी थिईन् । यसरि चाँडो चाँडो बच्चा जन्मिन आँटेको देखेर उनलाई भय उत्पन्न भएको थियो किनभने मिडवाइफले बच्चा जन्मनु अघि बच्चालाई केही सङ्क्रमण (जिबीएस) नहोस भन्ने ध्येयले इन्ट्रभेनस एन्टिबायोटिक्स लिनुपर्ने कुरा भनेकी थिईन् । बेलायतमा नवजात बच्चाहरु जन्मँदा प्रायः जिबीएसको कारण नराम्रो सङ्क्रमण भएर कहिलेकाँहि बच्चाहरु मृत्यु हुन पनि सक्छन् । त्यस्कारण बच्चा जन्मँनै लाग्दा आफु एकदमै डराएकी तर आफुसंग केही विकल्प पनि नभएको धारण व्यक्त गरेकी छिन् । २१ वर्षीय कोर्टनीले पनि आफु एकदमै डराएको कुरा व्यक्त गरेका छन् । तर, जे जस्तो भए पनि छोरी सकुशल जन्मिन्, मैले कसरि के गरे अहिले मलाई विश्वास भईरहेको छैन भनेर कोर्टनीले समाचारहरुमा प्रकाश पारेका छन् । श्रोत –बीबीसी, सुमल, मेस ।